Sagun Khabar
दशरथचन्द र पाटनका विद्यालयको शैक्षिक गुणस्तर परीक्षण सम्पन्न 

बैतडी – शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञहरुले बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका ३३ ओटा माध्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षणको काम सकेर स्थानीय तहलाई प्रतिवेदन बुझाएका छन् । 

प्रतिवेदनमा दशरथचन्दको भन्दा तुलनात्मक रूपमा पाटनका विद्यालयको शैक्षिक गुणस्तर राम्रो देखिएको छ । 

पाँच विज्ञले एक महिना लगाएर तयार गरेको प्रतिवेदनमा दशरथचन्द नगरपालिकाभन्दा पाटन नगरपलिकाका विद्यालय शैक्षिक गुणस्तरमा अगाडि देखिएका छन् । दशरथचन्दका १९ वटा माध्यमिक विद्याललयले ४३ प्रतिशतदेखि ६७ प्रतिशतसम्म अङ्क प्राप्त गरेर सामान्यस्तर कायम गरेका छन् भने पाटन नगरपालिकाका १४ वटा विद्यालयले ५४ प्रतिशतदेखि ८२.८३ प्रतिशतसम्म अङ्क प्राप्त गरेर मध्यमस्तरसम्म पुगेका छन् । 

Atrya hospital

प्रतिवेदन अनुसार दशरथचन्द नगरपालिकाको वीरेन्द्र माविले ६४.६४ प्रतिशत, मणिलेक माविले ६०.१८ प्रतिशत, दशरथचन्द माविले ६७.२८ प्रतिशत, कुलौन माविले ५६.१५ प्रतिशत,  निङ्लासैनी माविले ६०.६ प्रतिशत, शिवस्थली माविले ४९.५८ प्रतिशत,  शोभा मावि कलौनले ५५.५८ प्रतिशत,  जगदम्बा मावि रानीबुङ्गाले ५६.३२ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

त्यसै गरी दशरथचन्दकै केदारशीला माविले ५५.६९ प्रतिशत, कैलपालेश्वर माविले ५०.४१ प्रतिशत, केदार मावि सिमलोडासौँले ५५.१५ प्रतिशत,  गुरुकुल मावि शेराले ५०.१४ प्रतिशत,  सरस्वती मावि नकतडीले ५१.०९ प्रतिशत,  कालिका मावि थालिगाडाले ५५.९६ प्रतिशत, दानेश्वर नागार्जुन माविले ६६.३३ प्रतिशत, जोशी बुङ्गा मावि लमौताले ६५.११ प्रतिशत, नागार्जुन मावि बिर्तोलीले ५७.५१ प्रतिशत, केदार नाजार्गुन मावि बगलेखानले ४३.८८ प्रतिशत अङ्क प्राप्त गरेका छन् । 

पाटन नगरपालिकाको ज्ञानेश्वर माविले ८२.८८ प्रतिशत, उदयदेव मावि किम्तोलीले ७०.८२ प्रतिशत, जनता मावि आरुबाटाले ५४.४८ प्रतिशत, सिद्धेश्वर मावि हुक्केडाँडाले ७२.४९ प्रतिशत,  कालिका मावि मटेले ५९.९१ प्रतिशत, सरस्वती मावि सल्लेवासाले ५५.९६ प्रतिशत, नीलपालेश्वर मावि डैसिलीले ५५.५६ प्रतिशत प्राप्त गरेको छ । 

त्यसै गरी पाटनकै सिद्धेश्वर मावि मेलचौराले ६०.३ प्रतिशत, कृष्ण मावि पाटनले ७६.६४ प्रतिशत, सिगास मावि गुरुडाले ७३.८४ प्रतिशत, मावि गुजरले ७०.४४ प्रतिशत, भुवेश्वर मावि ठाँडले ६३.३२ प्रतिशत, त्रिपुरेश्वर मावि द्वाकुलडाले ७१.५१ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।         

लगानीका हिसाबले पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाले विद्यालयमा समान किसिमले रकम खर्च गर्दै आइरहेका छन् । पाटन र दशरथचन्द नगरपालिकाले शिक्षामा ३५ करोडभन्दा बढी रकम खर्च गर्दै आएका छन् । नगर शिक्षकमा मात्रै चार करोड रुपैयाँ खर्च हुने गरेको छ ।  

दशरथचन्द नगरपालिकाका विद्यालयमा सूचना प्रविधिको प्रयोग कम भएको पाइएको छ भने पाटन नगरपालिका विद्यालयले सूचना प्रविधिको अधिकतम प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । दशरथचन्द नगरपालिकामा चार प्रतिशत मात्रै सूचना प्रविधिको प्रयोग हुने गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update