Sagun Khabar
सुर्नया नदीमा बैतडी–डडेल्धुरा जोड्ने मोटरेबल पुल निर्माण हुने 

बैतडी –बैतडी र डडेल्धुरा जोड्नका लागि सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने भएको छ । बैतडीको कोल्तडी र डडेल्धुराको राडिल जोड्नका लागि सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने भएको हो । 

शहरी विकास मन्त्रालयमार्फत उक्त पुल निर्माणका लागि अर्थमन्त्रालयले सहमति दिएको र ठेक्का प्रक्रियामार्फत पुल निर्माणको काम अघि बढ्ने बैतडीको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

Atrya hospital

बहुबर्षीय ठेक्का अन्तर्गत पुल निर्माणका लागि २८ करोड ४८ लाख लागत लाग्ने अनुमान गरिएको छ । २०८४ साल सम्म पुल निर्माण गरिसक्ने लक्ष्यसहित बजेट विनियोजन भएको अध्यक्ष साउँदले बताए । 

सुर्नया नदीमा उक्त पुल निर्माण भएमा बैतडी र डडेल्धुरा दुवै जिल्लाका नागरिकलाई सहज हुने अध्यक्ष साउँदले बताए । दुवै जिल्लाबाट नदी किनारसम्म सडक पुगिसकेको र मोटरेबल पुल निर्माण भएमा आवतजावतमा सहज हुने बताइएको छ । 

कोल्तडी–राडिल मोटरेबल पुल निर्माण भएमा बैतडीको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिक लाभान्वित हुने अध्यक्ष साउँदले बताए । यस्तै डडेल्धुराको भागेश्वर लगायत अन्य क्षेत्रका नागरिक पनि उक्त पुलबाट लाभान्वित हुने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update