Sagun Khabar
सडक दुर्घटनामा परेर बैतडीका रमेश लुहारको भारतमा निधन 

बैतडी–सडक दुर्घटनामा परेर बैतडीका एक युवकको भारतमा निधन भएको छ । 

जिल्लाको पाटन नगरपालिका–४ चिल्लेपानी घर भएका २५ बर्षीय रमेश लुहारको सडक दुर्घटनामा परेर मृत्यु भएको पाटन नगरपालिका वडा नं–४ का वडा सदस्य लोकबहादुर ऐरले बताए । 

Atrya hospital

भारतको गुजरातमा आँफैले चलाउँदै गरेको बस शनिबार राति दुर्घटना हुँदा रमेशको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका रमेशलाई आइतबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए । 

सपरिवार गुजरातमा बस्दै आएका मृतक रमेशको घरमा श्रीमती,दुई बर्षीय छोरी र एक बर्षीय छोरा रहेका छन् । उनका आमाबुवा समेत उनीसंगै बस्दै आएका बताइएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका रमेशको कलिलो उमेरै निधन भएपछि उनको परिवार शोकमा डुबेको छ । 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update