दार्चुला –दार्चुलामा एक बालक मृत फेला परेका छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ भौतडीका ११ बर्षीय पुष्करराम टमटा मृत फेला परेका हुन् ।
लटिनाथ आधारभूत विद्यालय चौडमा कक्षा ४ मा अध्ययनरत टमटा घरभन्दा २० मिटर रुखमा झुण्डिएको अवस्थामा सोमबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।
मृतकका बुवा रोजगारीका लागि भारतमा रहेका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १८:२५
प्रतिक्रिया दिनुहोस्