Sagun Khabar
भारतमा स्थानीय निकाय निर्वाचन : दार्चुलास्थित सीमा नाका बन्द 
Atrya hospital

दार्चुला –भारतको तहसील मुख्यालय धारचूला अन्तर्गत हुन गइरहेको स्थानीय निकाय सामान्य निर्वाचनलाई लक्षित गरेर आज साँझ ५ बजे देखि नेपाल–भारत जोड्ने खलंगा स्थित सिमा नाका बन्द भएको छ । 

माघ १० गते हुने निर्वाचनलाई लक्षित गरि ४८ घण्टाको लागी खंलगा स्थित सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

आज साँझ ५ बजे देखि माघ १० गते मतदान प्रक्रिया समाप्त नहुँदा सम्म जिल्ला सदरमुकाम खंलगास्थित दार्चुला–धारचूला जोड्ने झोलुङ्गे पुल बन्द रहेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update