Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने 

बैतडी–जिल्ला अस्पताल बैतडीमा निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा यही माघ १३ गते अस्पतालमा शिविर सञ्चालन हुने अस्पतालका प्रमुख डा. सुशील विकले बताए । 

प्रत्येक महिनाको एक दिन निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम अनुसार माघ १३ गतेका दिन शिविरको आयोजना गरिएको डा.विकले बताए ।

Atrya hospital

डिप्रेशन,कन्र्भजन डिस अर्डर, फोयिबा, एनेक्जिेटियाजस्ता मानसिक समस्या भएका बिरामीहरुलाई शिविरमा आएर सेवा लिनका लागि आग्रह गरिएको उनले बताए । 

उक्त शिविरमा मनोरोग बिशेषज्ञ डा. निराजन भट्टराईले सेवा दिने जिल्ला अस्पताल बैतडीले जनाएको छ । मानसिक स्वास्थ्य जनस्वास्थ्यको समस्या भएकाले शिविर सञ्चालनको तयारी भएको बताइएको छ । 

जिल्लाभित्रका नागरिकहरुको सहजताका लागि अस्पतालमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको डा. विकले बताए । मानसिक स्वास्थ्यको समस्यालाई देवीदेवतासंग जोडेर उपचारमै नल्याउने प्रवृति रहेकाले त्यसो नगर्न उनले आग्रह गरे । मानसिक समस्या देवीदेवताका कारण नभइ स्वास्थ्य समस्या भएकाले उपचारमा आउन उनले जोड दिए ।  
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update