दार्चुला –दार्चुलाको दुहुँ गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, काठमाण्डौंबीच खाद्यान्न आपूर्ती तथा उत्पादन खरीद–विक्रि व्यवस्थापनको लागि सम्झौता भएको छ ।
गाउँपालिकामा सहज, सुलभ र नियमित रूपमा खाद्यान्न उपलब्ध गराउने तथा गाउँपालिकाका कृषकले उत्पादन गरेका रैथाने कृषिजन्य उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सम्झौता भएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बताए ।
सम्झौतामा गाउँपालिकामा उत्पादन भएको खाद्यजन्य वस्तु गाउँपालिकाले संकलन गरेर कम्पनीलाई बुझाउने र गाउँपालिकामा अभाव रहेको खाद्यान सामग्री कम्पनीले उपलब्ध गराउने लगायतका विषयमा सम्झौता भएको उनले बताए ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ १०:२१
प्रतिक्रिया दिनुहोस्