Sagun Khabar
कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि चलाए गोली

कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् ।

साँझ साढे ८ बजेको समयमा ड्युटीमा रहेका उनले आफैंमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले बताए ।

Atrya hospital

सो समयमा हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा खटिएका थिए ।

डीएसपी उमेशराज जोशीकाअनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ। गोली लागेर उनी गम्भीर छन् । उनले आफैंले बोकेको एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ ।

विष्टलाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update