Sagun Khabar
उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउँदै, यस्तो छ भ्रमण तालिका 
फाइल फोटो

बैतडी –उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन् । 

माघ १६ गते पाटन र दशरथचन्द नगरपालिका हुने पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटनका लागि मन्त्री भण्डारी बैतडी आउन लागेका छन् । 

Atrya hospital

मन्त्री भण्डारी माघ १४ गते धनगढी पुग्ने भ्रमण तालिकामा उल्लेख गरिएको छ । माघ १५ गते स्वदेशी वस्तुको प्रयोगका बिषयमा धनगढीमा आयोजना हुने छलफलमा सहभागी भएपछि मन्त्री भण्डारी डडेल्धुरा बस्ने कार्यक्रम तय भएको मन्त्री भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले बताए । 

मन्त्री भण्डारीले माघ १६ गते बिहान ९ बजे ज्ञानेश्वर मावि विजयपुरमा पाटन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ भने सोही दिन बिहान ११ बजे निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा दशरथचन्द नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी दिउँसो १ बजे एमालेको बैठकमा सहभागी हुने कार्यतालिका रहेको छ । 

मन्त्री भण्डारी माघ १७ गते काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ । 

Bhndari-1737772529.jpeg
 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update