बैतडी-कञ्चनपुरका प्रहरी जवान वकिल बिष्टको उपचारको क्रममा निधन भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार विष्टले आफैंलाई गोली प्रहार गरेपछि टाउकोमा गम्भीर चोट लागेको थियो। माघ ९ गते बुधवार राति ड्युटीमा रहेको बेला विष्टले आफैंलाई गोली हानेका थिए।
घटनापछि तत्काल उनलाई महाकाली अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धनगढीको निसर्ग अस्पतालमा भर्ना गरिएका विष्टको शुक्रबार दिउँसो मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत रहेका विष्टले किन यस्तो कदम उठाए भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कञ्चनपुर प्रहरीका अनुसार घटनाको कारण र पृष्ठभूमि पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ १०:३६
प्रतिक्रिया दिनुहोस्