बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।
वडा नं ५ स्थित हरिनगर खेलमैदानमा प्रतियोगिता सञ्चालन भइरहेको डिलाशैनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले जानकारी दिए । उक्त प्रतियोगितामा पालिकाभित्रका १३ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।
सोमबार सम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी, छात्र÷छात्रा एथलेटिक्सका खेलहरु भइरहेका छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट गरिने शिक्षा शाखा प्रमुख भट्टले बताए ।
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ १७:२७
प्रतिक्रिया दिनुहोस्