बैतडी –नेपाल निजामती कर्मचारी संगठन बैतडीको अध्यक्षमा पदमबहादुर कार्की चयन भएका छन् ।
शनिबार दोगडाकेदारमा सम्पन्न भएको संगठनको बाह्रौं अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
उक्त समितिको उपाध्यक्षमा पुरुषोत्तम नाथ, महिला उपाध्यक्षमा शान्ति साउँद, सचिवमा रामसिंह महरा, सहसचिवमा राइजनराम सार्की, कोषाध्यक्षमा शिव थापा लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन बैतडीका निवर्तमान अध्यक्ष महेश अवस्थीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए ।
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ १८:५३
प्रतिक्रिया दिनुहोस्