Sagun Khabar
बैतडीमा भूमि समस्या समाधान आयोगको नयाँ समितिको पहिलो बैठक सम्पन्न
Atrya hospital

बैतडी-भूमि समस्या समाधान आयोग बैतडीमा नयाँ गठित समितिको पहिलो बैठक सम्पन्न भएको छ। आयोगका नवनियुक्त अध्यक्ष रमेश पाण्डेयको अध्यक्षतामा बसेको बैठकले भूमि सम्बन्धी समस्याहरू समाधान गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।

आजको बैठकले अघिल्लो अवधिको समीक्षा गर्दै आगामी कार्ययोजना तय गर्न राजनीतिक दलका प्रमुखहरू, आयोगका पूर्व अध्यक्ष तथा पदाधिकारीहरू, र सरोकारवालाहरूसँग समन्वयमा परामर्श बैठक आयोजना गर्ने निर्णय गरेको छ। अध्यक्ष पाण्डेयले बैठकमा भूमि समस्या समाधानका लागि आवश्यक सहकार्य र समन्वयलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिए।

आयोगले भूमि सम्बन्धी समस्याहरू समाधानका लागि बहु-पक्षीय परामर्शलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ। आगामी बैठकहरूमा विषयगत विज्ञ, जनप्रतिनिधि र नागरिक समाजसँग छलफल गरी योजनालाई थप परिणाममुखी बनाइने पाण्डेयले बताए।

भूमि समस्या समाधान आयोग बैतडीले समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समस्याहरू व्यवस्थित ढंगले समाधान गर्ने प्रतिबद्धता जनाएको छ। पहिलो बैठकबाट निर्णय भएका कदमहरूले भूमि समस्या समाधानमा नयाँ गति दिने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update