बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सेटीगाउँ मावि ककरपाखाले हात पारेको छ । प्रतियोगिता १५ स्वर्ण पदकसहित सेटीगाउँ मावि ककरपाखा प्रथम भएको हो ।
यस्तै उक्त प्रतियोगितामा १२ स्वर्ण पदकसहित दुर्गा मावि सिमार दोश्रो र ३ स्वर्ण पदकसहित मण्डेश्वरी मावि धावला तेश्रो भएको छ । प्रतियोगितामा पालिकाभरीका १३ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।
वडा नं ५ स्थित हरिनगर खेलमैदानमा माघ १२ बाट शुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
प्रतियोगिताका उत्कृष्ट तथा विजेता खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, डिलाशैनी खेलकुद विकास समितिका अध्यक्ष विरेन्द्र बोहरा, गाउँपालिका उपाध्यक्ष भगीरथ बोहरा लगायतले शिल्ड,ट्रफी र प्रमाणपत्र वितरण गरे ।
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१ ०८:३३
प्रतिक्रिया दिनुहोस्