Sagun Khabar
दशरथचन्द र पाटनमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा आजदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएका छन् । 

दशरथचन्द नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा शुरु भएको हो । उक्त प्रतियोगितामा पालिकाभरीका २१ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । 

Atrya hospital

माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी र छात्र÷छात्रा एथलेटिक्सका खेलहरु सञ्चालन हुनेछन् । उक्त प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरु छनौट गरेर जिल्लास्तरीय प्रतियोगिताका लागि पालिकाको टीम तयार गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । 

यस्तै पाटन नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि आजदेखि शुरु भएको छ । ज्ञानेश्वर नमूना माविको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा पालिकाभरीका १५ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । 

तीनदिनसम्म सञ्चालन हुने प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीहरु छनौट गरेर जिल्लास्तरीय प्रतियोगिताका लागि पालिकाको टीम तयार गरिने नगरपालिकाले जनाएको छ । 

दुवै ठाउँका प्रतियोगिता उद्दघाटन सत्रमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पाल, प्रदेश सभा सदस्य जानकी ऐर बमको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update