Sagun Khabar
डडेल्धुरामा चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई २ लाख राहत वितरण

डडेल्धुरा –डडेल्धुरामा चट्याङ लागेर मृत्यु भएका एकजनाको परिवारलाई नगद राहत वितरण गरिएको छ । 

जिल्लाको परशुराम नगरपालिका–१० मा चट्याङ लागेर मृत्यु भएका अमरबहादुर बिष्टकी श्रीमतीलाई नगद २ लाख राहत प्रदान गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले मृतक अमरबहादुर विष्टकी श्रीमती पार्वती देवी बिष्टलाई चेक हस्तान्तरण गरेका हुन् ।

Atrya hospital

जिल्ला विपद् व्यवस्थापन समितिले विपदमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख राहत रकम वितरण गर्ने गरेको छ ।

गएको भदौ १६ गते चट्याङ लागेर बिष्टको मृत्यु भएको थियो । 

यस्तै रुडुक डडेल्धुराले पनि परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीमार्फत मृतक बिष्टको परिवारलाई सरसफाई सामग्री वितरण गरेको छ । 

यसअघि परशुराम–८ की प्रतिभा धामीको परिवारलाई पनि विपद् व्यवस्थापन समितिका तर्फबाट २ लाख राहत वितरण गरिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update