बझाङ –बझाङमा भीरबाट लडेर बर्दिया घर भएका एक जना घाइते भएका छन् ।
बझाङको सुर्मा गाउँपालिका–२ स्थित गजौना भीरबाट लडेर बर्दियाको बारबर्दिया नगरपालिका–८ का ३५ वर्षीय आशाराम चौधरी घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते चौधरीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १८:०८
प्रतिक्रिया दिनुहोस्