बैतडी –कुष्ठरोगका कारण अपांगता भएका व्यक्तिहरुका लागि एक दिने निशुल्क स्वास्थ्य शिविर कैलालीमा सम्पन्न भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा शुक्रबार सम्पन्न भएको शिविरमा ४५ जनाले सेवा लिएका प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले बताए । कुष्ठरोगबाट अपांगता भएका व्यक्तिहरुका लागि उक्त शिविर सञ्चालनन गरिएको हो ।
शिविरमा आएका मध्ये ८ जनालाई स्नायु प्रत्यारोपणका लागि छनौट गरिएको छ । उनीहरुको निशुल्क स्नायु प्रत्यारोपण गरिने ओझाले बताए । कुष्ठरोगका कारण स्नायुमा समस्या भएकाहरुको स्नायु प्रत्यारोपण गरिने उनले बताए ।
सेती प्रादेशिक अस्पताल धनगढी र स्वास्थ्य कार्र्यालय कैलालीको आयोजना, प्रदेश स्वास्थ्य स्वास्थ्य निर्देशनालयको समन्वय र आनन्दवन अस्पताल ललितपुरको आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको ओझाले बताए ।
शिविरबाट कुष्ठरोगका कारण अपांगता भएका व्यक्तिहरुको उपचारमा पहुँच पुगेको बताइएको छ ।