Sagun Khabar
पाटन बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्दघाटन 

बैतडी–बैतडीको पाटन बहुमुखी क्याम्पसको नवनिर्मित चारकोठे भवनको शनिबार उद्दघाटन गरिएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठक र पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले भवनको उद्दघाटन गरेका हुन् । 

Atrya hospital

सुदूरपश्चिम विश्वविद्यालयको आर्थिक सहयोगमा क्याम्पसको चारकोठे नयाँ भवन निर्माण भएको क्याम्पस प्रमुख विनोद भण्डारीले बताए । ठेक्का प्रक्रियामार्फत उक्त भवन ६४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । आकृति कन्सट्रक्सनले क्याम्पसको भवन निर्माण गरेको हो । 

गत चैतमा एक बर्षभित्र भवन निर्माण गर्ने लक्ष्यसहित ठेक्का गरिएकोमा निर्माण कम्पनीले म्याद सकिनु अगावै भवन निर्माण कार्य सम्पन्न गरेको क्याम्पस प्रमुख भण्डारीले बताए । 

क्याम्पसको नयाँ भवन निर्माण भएपछि अब पठनपाठनका लागि सहज भएको छ । 

पाटन बहुमुखी क्याम्पस २०७५ सालमा सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भएको थियो । क्याम्पसमा अहिले शिक्षा शास्त्र संकाय, मानविकी संकाय र व्यवस्थापन संकायमा स्नातक तहसम्मको पढाई हुने गरेको छ । 
क्याम्पसमा २ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रमुख भण्डारीले बताए । 

क्याम्पसको भवन उद्दघाटन कार्यक्रममा रजिष्टार पाठक, नगर प्रमुख रावल, पाटन–६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट, क्याम्पसका प्राध्यापक, विद्यार्थी र अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update