Sagun Khabar
पाटन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्ण माविलाई 

बैतडी –बैतडीको पाटन नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्ण मावि पाटनले हात पारेको छ । 

पाटन –९ स्थित ज्ञानेश्वर मावि विजयपुरमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण,३ रजत, ४ कास्यसहित १५ पदक हात पार्दै कृष्ण माविले उपाधि हात पारेको हो । 

Atrya hospital

प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र २ कास्य सहित १२ पदक जितेर सिगास मावि गुरुडा दोश्रो भएको छ भने  ६ स्वर्ण, ३ रजत र २ कास्य गरेर ११ पदकसहित सिद्धनाथ मावि सिलङ्गा तेश्रो भएको छ । 

माघ १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नगरपालिकाभरीका १५ ओटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता समापन भएको हो । 

प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्रछात्रा एथलेटिक्स खेलहरु सञ्चालन भएका थिए । प्रतियोगिताबाट जिल्लास्तरीय प्रतियोगिताका लागि पाटन नगरपालिकाको टीम तयार गरिने बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update