बैतडी –कलेजोसम्बन्धी समस्याबाट पीडित बैतडीको दशरथचन्द नगरपालिका–४ का भवानसिंह खत्रीको उपचारमा आर्थिक अभाव भएको छ ।
विगत दुई बर्षदेखि उपचार गराईरहेका ५३ बर्षीय खत्रीको उपचारमा पछिल्लो समयमा आर्थिक अभाव भएको स्थानीय धनबहादुर क्षेत्रीले बताए ।
महाकाली प्रादेशिक अस्पतालबाट रेफर गरेर खत्रीको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घरको आर्थिक अवस्थाले उपचार खर्च धान्ने अवस्था नरहेको खत्रीकी श्रीमती संगिता खत्रीले बताइन् ।
खत्रीको कलेजोको शल्यक्रिया गर्नुपर्ने बताएपछि आर्थिक अभाव भएको हो । आर्थिक समस्याकै कारण उनको उपचारमा ढिलाई हुन सक्ने भन्दै परिवारजनले मनकारी व्यक्तिहरुलाई सहयोग गरिदिन अनुरोध गरेका छन् ।
खत्रीको प्राण रक्षाका लागि सबैलाई सहयोगका लागि अपिल गरिएको क्षेत्रीले बताए । सबैको सहयोगले खत्रीको जीवन रक्षा हुन सक्ने भएकाले सहयोगी मनहरुलाई अनुरोध गरिएको उनले बताए ।
बिरामी खत्रीको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले संगीता खत्रीको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ४१८०१००१२३३३७०१० मा रकम जमा गर्न सक्ने क्षेत्रीले बताए ।