Sagun Khabar
दशरथचन्द नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि केदार नागार्जुन माविलाई 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि केदार नागार्जुन मावि बगलेखानले जितेको छ । 

निङ्गलाशैनी खेलमैदान देहिमाण्डौमा आइतबार सम्पन्न भएको प्रतियोगितामा ८ स्वर्ण, ३ रजत, ३ कास्य पदक जित्दै बगलेखानले उपाधि जितेको हो । 

Atrya hospital

यस्तै प्रतियोगितामा ५ स्वर्ण, ६ रजत र ७ कास्य पदक जितेर निङ्गलाशैनी मावि देहीमाण्डौं दोश्रो भएको छ । प्रतियोगितामा ५ स्वर्ण,२ रजत र २ कास्य पदक जितेर दानेश्वर नागार्जुन मावि तेश्रो भएको छ । 

माघ १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नगरपालिकाभरीका २१ ओटा माविहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीहरुबाट छनौट गरेर जिल्लास्तरीय प्रतियोगिताका लागि दशरथचन्द नगरपालिकाको टीम तयार गरिने छ । 

प्रतियोगिता समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी, उपप्रमुख कौशिला चन्द, दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की लगायतले विजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाणपत्र वितरण गरे । 

प्रतियोगिता समापन सत्रमा विद्यार्थीहरुले छलिया नाचका साथै अन्य सांस्कृतिक प्रस्तुतीहरु राखेका थिए । 
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update