Sagun Khabar
सुर्नया गाउँपालिकामा भोलीदेखी  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोली मंगलबार (माघ २२) देखि सुरु हुने भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता माघ २४ गतेसम्म श्री शंकर संस्कृत मा.वि.,मूलखटालीको प्रांगणमा सञ्चालन हुनेछ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ ।

Atrya hospital

प्रतियोगितामा गाउँपालिकाभरका माध्यमिक तहका विद्यालयका विद्यार्थीहरू सहभागी हुने जनाइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालय स्तरमा खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । यसले विद्यार्थीहरूलाई खेलकुदमा सहभागी गराउँदै उनीहरूको शारीरिक क्षमता र आत्मविश्वास वृद्धि गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

गाउँपालिकाले प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी गरिएको जनाएको छ । साथै, प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालाहरूलाई सहयोग गर्न अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update