Sagun Khabar
केदार आधारभुत विद्यालय डोडरचौरको ३४ औँ वार्षिकोत्सब सम्पन्न

बैतडी - बैतडीको दशरथचन्द नगरपालिका १ श्रीखण्ड स्थित केदार आधारभुत विद्यालय डोडरचौरको ३४ औँ वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दत्त भट्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिकाका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष करन सिँह भाट प्रमुख अतिथि रहेका थिए । बार्षिकोत्सव समारोहमा मणिलेक मा.वि गुरुखोलाका प्रधानाध्यापक केशव दत्त भट्ट , शिक्षक खेम राज भट्ट, गुरुखोला प्रहरी चौकीका इन्चार्ज भुमिनन्द बिष्ट विशिष्ट अतिथि रहेका थिए ।

Atrya hospital

उक्त समारोहमा बिद्यालयका प्रधानाध्यापक गोपाल दत्त भट्टले सामाजिक परिक्षण बाट निर्देशित र अनुमोदित आ.ब २०८१÷०८२ को कुल आय व्यय ५३ लाख ८ सय ५० रुपैया बराबरको विवरण प्रस्तुत गरेका थिए भने विद्यालयका समस्या समेत राखेका थिए । केदार आधारभुत विद्यालय डोडरचौरको समस्या राख्दै प्रधानाध्यापक भट्टले विद्यालयमा घेर पर्खाल , खानेपानी र कम्प्युटर शिक्षक र लेखा शिक्षकको अभाव रहेको बताए ।

बार्षिकोत्सव समारोहमा सास्कृतिक कार्यक्रम सहित विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । केदार आधारभुत विद्यालय डोडरचौरको सेवा क्षेत्रभित्र रहेका अभिभावक, शिक्षक, विद्यार्थी सुरक्षाकर्मी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको शिक्षक खेमराज भट्टले बताए ।

 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update