Sagun Khabar
सुदूरपश्चिममा १ वर्षको अवधिमा प्राकृतिक विपदबाट २७ को मृत्यु, १२ करोडभन्दा बढीको धनमाल नष्ट

बैतडी–सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपदका कारण ठूलो आर्थिक तथा जनधनको क्षति भएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ चौथो सातासम्म मात्र आठ करोड ५२ लाख ४६ हजार मूल्यको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।

यस अवधिमा ५३ पहिरो घटनाबाट छ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । पहिरोका कारण ११७ परिवार प्रभावित भएका छन् भने ४० पशुचौपाया नष्ट भएका छन् ।

Atrya hospital

चट्याङका १४ घटनामा पाँचजनाले ज्यान गुमाएका छन्। आगलागीका ९९ घटनामा एकजनाको मृत्यु हुनुका साथै आठ करोड १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै, हावाहुरी, भारी वर्षा, जंगलमा लागेको आगो तथा अन्य विपदका कारण थप आर्थिक र भौतिक क्षति पुगेको प्रदेश आपतकालीन कार्यसञ्चालक केन्द्रको विवरणमा उल्लेख छ ।

गत एक वर्षमा बाढी, पहिरो, भूकम्प, जंगली जनावरको आक्रमणलगायत विभिन्न विपद्का कारण २७ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । विपद्का कारण १४४ घर पूर्ण रूपमा क्षति भएका छन् भने ८२१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रदेशभरका विपद्को समग्र मूल्यांकन गर्दा एक वर्षमा १२ करोड ७५ लाख ४२ हजार बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update