Sagun Khabar
कञ्चनपुरको दशगजा क्षेत्रमा सीमा विवादः भारतीय पक्षद्वारा खेती हटाइएपछि स्थानीयको विरोध

कञ्चनपुर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ मा भारतीय पक्षले दशगजा क्षेत्रमा खेती हटाउन थालेपछि स्थानीयले कडा विरोध जनाएका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली किसानहरूको बाली नष्ट गर्न थालेपछि तनाव सिर्जना भएको हो । स्थानीय प्रशासनले समन्वय गरेको दाबी गरे पनि प्रभावित किसानहरू असन्तुष्ट छन् ।

नेपाल–भारत सीमा विवाद पुरानो भए पनि हालैको घटनाले पुनः चर्किएको छ । दशगजा क्षेत्रमा नेपाली तथा भारतीय किसानहरूले खेती गर्दै आएका थिए । तर, भारतीय पक्षले सात मिटर भारततर्फ र तीन मिटर नेपालतर्फ खेती हटाउने निर्णय लिएको छ । भारतीय पक्षको यो कदमले सिमाना व्यवस्थापनको प्रक्रियामाथि नै प्रश्न उठाएको छ ।

Atrya hospital

वडाध्यक्ष ओमप्रकाश रोकायले भारतीय पक्षले एकलौटी रूपमा खेती हटाएको आरोप लगाए । नगर प्रमुख किशोरकुमार लिम्बुले दशगजा क्षेत्रमा खेती निषेधित रहेको भन्दै कानुनी प्रावधानको पालना गर्नुपर्ने बताएका छन् । तर, स्थानीय किसानहरूले आफूहरूको परम्परागत खेतीमाथि हस्तक्षेप भएको भन्दै असहमति जनाएका छन् ।

दशगजा क्षेत्रमा खेती निषेधित भए पनि नेपाली किसानहरू वर्षौंदेखि खेती गर्दै आएका छन् । भारतीय हस्तक्षेपले स्थानीयको जीविकोपार्जनमा प्रत्यक्ष असर पु¥याएको छ । नेपाल सरकारले सीमा क्षेत्रमा स्पष्ट नीतिहरू बनाएर स्थानीय प्रशासनलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने देखिन्छ। साथै, कूटनीतिक संवादमार्फत समाधान खोज्न आवश्यक छ, अन्यथा यस्ता विवादहरूले द्विपक्षीय सम्बन्धमा थप तनाव निम्त्याउने सम्भावना रहन्छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update