Sagun Khabar
नेकपा एमालेको तीन महिने वडा केन्द्रित अभियान पञ्चेश्वर गाउँपालिकामा सुरू

बैतडी, पञ्चेश्वर – नेकपा (एमाले) ले देशव्यापी रूपमा सञ्चालन गरिरहेको तीन महिने वडा केन्द्रित अभियान अन्तर्गत पञ्चेश्वर गाउँपालिका कमिटीको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। पार्टी संगठनलाई स्थानीय तहसम्म बलियो बनाउने उद्देश्यका साथ सुरु गरिएको यस अभियानलाई एमालेले भव्य र प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना बनाएको छ।

अभिमुखिकरण कार्यक्रम पञ्चेश्वर गाउँपालिका कमिटी अध्यक्ष कालु सिंह जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य एवं बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, केन्द्रीय सल्लाहकार कमिटी सदस्य मोहन थापा विशिष्ट अतिथि रहनुभएको थियो।

Atrya hospital

कार्यक्रममा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख चन्द, जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी, सचिव हजारि साउद, गाउँपालिकाका उपाध्यक्ष विना भट्ट, अन्य जिल्ला कमिटी सदस्यहरू, पालिका कमिटीका सदस्यहरू, तथा विभिन्न वडास्तरीय नेताहरूको उपस्थिति रहेको थियो।

 नेकपा (एमाले) ले पार्टीको सांगठनिक सुदृढीकरण, जनसम्पर्क विस्तार, नीति तथा कार्यक्रमहरू प्रचार गर्ने उद्देश्यसहित देशव्यापी वडा केन्द्रित अभियान सञ्चालन गरिरहेको छ। यस अभियान अन्तर्गत वडास्तरीय संगठन सुदृढीकरण,स्थानीय जनसमस्याहरू पहिचान गरी समाधानका लागि पहल,नयाँ सदस्यहरू पार्टीमा आबद्ध गराउने कार्यक्रम,संगठनका कार्यकर्ता तथा नेताहरूलाई अभिमुखीकरण गराउने,विकास निर्माणका योजनाहरू कार्यान्वयनका लागि रणनीति बनाउने लगायतका उद्देश्य रहेका छन् । 

यस अभियानले पार्टीलाई स्थानीय तहमा अझ सशक्त बनाउन भूमिका खेल्ने एमाले नेतृत्वको विश्वास रहेको छ। यस अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले पञ्चेश्वर गाउँपालिकामा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो। पार्टी संगठनलाई सशक्त बनाउन, जनताको आवश्यकताअनुसार नीति निर्माण गर्न, र स्थानीय विकासका योजनाहरू कार्यान्वयन गर्न यस अभियान महत्वपूर्ण हुने आयोजकहरूको भनाइ छ।
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update