कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनीको मृत्युसम्बन्धी पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ, तर रिपोर्टले मृत्युको ठोस कारण खुलाउन सकेको छैन। कलौनी गत शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए। शव भीमदत्त नगरपालिकाको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा भेटिएको थियो।
पोस्टमार्टम रिपोर्टमा बाहिरी र भित्री चोटका कुनै संकेत फेला परेका छैनन्, तर मृत्युको कारण ूअक्लुजनू ९अनहोनी० हुनसक्ने सङ्केत गरिएको छ। घटनाको अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ।
घटनाको केही समयअघि कलौनी अस्पतालमा ग्यास्टिकको औषधि लिन गएको बताइएको छ र सोही औषधि उनको साथमा फेला परेको छ। प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ, जबकि परिवारका सदस्यहरूले हत्या भएको आशंका व्यक्त गरेका छन्।
यस घटनामा थप अनुसन्धानका लागि कलौनीको मुटु परीक्षण गर्ने तयारी गरिएको छ र यसको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने भएको छ। साथै, नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगञ्जमा भिसेरा परीक्षणको तयारी भइरहेको छ।
कलौनीको प्रयोग गरिएको मोबाइल फोन अझै प्रहरीले फेला पार्न सकेको छैन, जसले घटनाको अनुसन्धानलाई थप जटिल बनाएको छ।