![बैतडीमा भीरबाट लडेर एक वृद्धको मृत्यु](https://www.sagunkhabar.com/uploads/posts/death1640838577.jpg)
बैतडी–बैतडीमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका–६ रोसेरागाउँका ७२ बर्षीय हरिदत्त जोशीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
बुधबार दिउँसो घर नजिकैको जंगलमा बाख्रा चराउन गएका जोशी लडेर गम्भीर घाइते भएका थिए । भीरबाट उनी डेढ सय मिटर तल खसेका बताइएको छ ।
घाइते जोशीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याउँदा बुधबार साँझ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ ०८:५५
प्रतिक्रिया दिनुहोस्