![बैतडीमा ढुंगाले लागेर एक महिला घाइते](https://www.sagunkhabar.com/uploads/posts/Dhunga-Ghaite-Final-1738846872.jpg)
बैतडी –बैतडीमा माथिबाट खसेको ढुंगाले लागेर एक महिला घाइते भएकी छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–२ घमालीमा सडकमाथिबाट खसेको ढुंगा लागेर स्थानीय २० बर्षीया भागरथी कार्की घाइते भएकी हुन् । जेसीबीले सडक काट्ने क्रममा ढुंगा खसेको भन्ने कुरा आइरहेको भएपनि यसको पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
बिहीबार बिहान ढुंगा लागेर घाइते भएकी भागरथीको जिल्ला अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।
घाइते भागरथीको टाउकोमा चोट रहेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ १८:४६
प्रतिक्रिया दिनुहोस्