Sagun Khabar
खोड्पेमा मानवीय सहायता स्थल सञ्चालनको तयारी 

बैतडी –बैतडीको पाटन नगरपालिका–८ स्थित मानवीय सहायता स्थल सञ्चालनको तयारी गरिएको छ । त्यसको तयारीस्वरुप प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेतृत्वको टोलीले बिहीबार अनुगमन समेत गरेको छ । 

बैतडीको पाटन नगरपालिका वडा नं ८ स्थित मानवीय सहायता स्थलको अनुगमन गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उपाध्यायको नेतृत्वमा मानवीय सहायता स्थलको अनुगमन गरिएको हो । 

Atrya hospital

सुदूरपश्चिमका बैतडी, बझाङ र दार्चुलाका नागरिकहरुलाई विपद्को समयमा सहयोग पुर्याउन दुई बर्ष अघि खोड्पेमा मानवीय सहायता स्थलको स्थापना गरिएको हो । तर केही सामग्री र प्रक्रियाका कारण उक्त स्थल सञ्चालनमा आउन सकेको छैन् । 

मानवीय सहायता स्थलको अनुगमन गरिएको र यसलाई सञ्चालनका लागि गृह मन्त्रालयलाई अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । 

प्रधानमन्त्री प्रचण्ड रहेको समयमा उक्त सहायता स्थल सञ्चालनका लागि आफूले गृह मन्त्रालयमा अनुरोध गरेको र त्यसपछि सरोकारवाला निकायहरुको चासो बढेको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । 

सहायाता स्थललाई सञ्चालनमा ल्याउनको लागि गृह मन्त्रालयमा प्रक्रिया अघि बढाउन माग गरिएकोमा सरोकारवाला निकायले चासो राखेको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।

मानवीय सहायता स्थल सञ्चालनमा ल्याउन केही थप संरचना निर्माण गर्नुपर्ने र त्यसका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए  । उनले भने, ‘यो तीन जिल्लाका लागि पायक पर्ने ठाउँ हो । त्यसैले यो मानवीय सहायता स्थल सञ्चालनका लागि स्थानीयस्तरबाट हुन सक्ने सबै पहल गरिरहेका छौं ।’
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update