![दार्चुलामा टिप्पर दुर्घटना, बैतडी घर भएका चालक घाइते](https://www.sagunkhabar.com/uploads/posts/Tipper-Final-1738933662.jpg)
दार्चुला –दार्चुलामा टिप्पर दुर्घटना हुँदा बैतडी घर भएका चालक घाइते भएका छन् ।
शुक्रबार बिहान पौने १० बजेतिर इन्द्रधनु हटैराज कन्सट्रक्सनको सुपप्र ०१००१ क १५४० नम्बरको टिप्पर दल्लेख–गोकुलेश्वर सडक खण्ड अन्तरगत नौगाड गाउँपालिका वडा नम्बर ३ खारखोलामा माटो फाल्ने क्रममा दुर्घटनामा परेको हो । उक्त टिप्पर ब्याक भएर सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
टिप्पर दुर्घटना हुँदा बैतडीको सुर्नया गाउँपालिका–१ घर भएका २९ बर्षीय देवबहादुर चन्द गम्भीर घाइते भएका छन् । उनलाई गोकुलेश्वर अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरेको प्रहरी निरीक्षक जोशीले बताए ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१ १८:५३
प्रतिक्रिया दिनुहोस्