Sagun Khabar
दार्चुलामा भीरबाट लडेर प्रधानाध्यापकको मृत्यु 

दार्चुला –दार्चुलामा भीरबाट लडेर एकजना प्रधानाध्पाकको मृत्यु भएको छ । 

दार्चुलाको अपिहिमाल गाउँपालिका–६ स्थित भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक दलबीर महराको शुक्रबार भीरबाट लडेर मृत्यु भएको हो । 

Atrya hospital

दार्चुलाको मार्मा गाउँपालिका–२ घर भएका महराको विद्यालयबाट घर फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । भीरबाट करीब एक सय ५० मिटर तल खसेका महराको घटनास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए ।

मृतक महराको घरमा श्रीमती र चारजना छोराछोरी रहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update