Sagun Khabar
भारतको दिल्लीमा भाजपालाई बहुमत, २७ वर्षपछि सरकार बनाउँदै

भारतको संघीय राजधानीसमेत रहेको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत प्राप्त गरेको छ । बुधवार सम्पन्न मतदानको मतगणनाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले बहुमत प्राप्त गरेको हो । ७० मध्ये भाजपासहितको गठबन्धनले ४७ सीट जितेको छ । अझै एक सीटमा अगाडि छ ।

यस्तै अहिलेका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टी आम आदमी पार्टीले २१ सीटमा जित हासिल गरेको छ । दिल्लीमा सरकार बनाउन ३६ सिट जित्नुपर्छ । कंग्रेस आईले कुनै पनि सिटमा जित हासिल गर्न सकेन । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नै यसपालि पराजित भएका छन् । उनलाई भाजपाका प्रवेश शाहिब सिंह वर्माले पराजित गरे ।

Atrya hospital

केजरीवाल यस अघि लागतार दुई पटक दिल्लीको मुख्यमन्त्री बनेका थिए । केजरीवाल जाँडरक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा गत मार्च २१ मा पक्राउ परेका थिए । त्यसले नागरिकहरू दिल्लीमा मोदी र भाजपालाई हेर्ने दृष्टीकोण नकारात्मक हुने र यसले कंग्रेस र आम आदमी चुनाव जिताउने विश्लेषण थियो । तर नजिता उल्टो आयो ।

केजरीवालले भारतीय जनता पार्टीलाई बधाई दिएका छन् । प्रधामनमन्त्री नरेन्द्र मोदीले दिल्लीमा विकास र शुसासनको जित भएको प्रतिक्रिया दिएका छन् । २७ वर्षपछि भारतीय जनता पार्टीको नेतृत्वमा सरकार बन्ने भएको हो ।
 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update