Sagun Khabar
बैतडीमा तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता हुने, विजेताले सवा लाख पाउने 
फाइल फोटो

बैतडी–बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा आगामी फागुन १५ गतेदेखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए । 

प्रतियोगितामा सहभागिताका लागि फागुन १० गतेसम्म टीम दर्ता गराइसक्न सबै पालिकाहरुलाई आग्रह गरिएको छ । 

Atrya hospital

प्रतियोगिताको विजेता टीमले नगद १ लाख २५ हजारका साथै ट्रफी प्राप्त गर्नेछ भने दोश्रो हुने टीमले नगद ७५ हजारका साथै ट्रफी प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा तृतीय हुने टीमले नगद ३५ हजार र ट्रफी प्राप्त गर्नेछ भने सान्त्वना स्थान प्राप्त गर्ने टीमले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्नेछ । 

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिने सचिव चन्दले जानकारी दिए । 

दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि आग्रह गरिएको छ । 

मैनेजर तेजबहादुर चन्द ट्रष्टले स्थानीयस्तरमा खेलाडीहरुको क्षमता अभिवृद्धिका साथै नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगितामार्फत सहयोग गर्दै आइरहेको छ । 

यस्तै ट्रष्टले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेका सचिव चन्दले बताए ।  
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update