Sagun Khabar
मालिकार्जुनका उद्यम शाखा प्रमुख अवस्थीको गाडीले ठक्कर दिँदा भारतमा मृत्यु 

दार्चुला –दार्चुलाको मालिकार्जुन गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीशचन्द्र अवस्थीको भारतमा मृत्यु भएको छ । 

मालिकार्जुन गाउँपालिका–५ डाडाकोट घर भएका अवस्थीको गाडीले ठक्कर दिँदा मृत्यु भएको हो । 

Atrya hospital

भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन आमासहित जाँदै गरेका अवस्थीको लखनउमा गाडीले ठक्कर दिएर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका अवस्थीलाई अस्पताल पुर्याउँदा मृत घोषणा गरिएको थियो । 

यसैबीच मालिकार्जुन गाउँपालिकाले आज शोक बिदा दिएको छ । पालिकाका कर्मचारीको निधन भएकाले अत्यावश्यक सेवा बाहेकका सबै कार्यालयमा बिदा दिइएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update