Sagun Khabar
पत्रकार महासंघ बझाङका अध्यक्ष सिंहमाथि चक्कु प्रहार, दोषीलाई कारवाही गर्न महासंघको माग 

बझाङ –नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहमाथि चक्कु प्रहार गरिएको छ ।

अध्यक्ष सिंहमाथि गएराति कुटपिट तथा चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङकै २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाल रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Atrya hospital

यसैबीच नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार सिंहमाथि गरेको आक्रमणको निन्दा एवं भत्र्सना गरेको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै दोषीमाथि कारवाही गर्न महासंघले माग गरेको छ । 

यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले दोषीलाई कारवाही गर्न माग गरेको छ । समाचारको बिषयमा कुनै असहमति भएमा कानुनी उपचारको बाटोमा जानुको सट्टा कोठामा बोलाएर आक्रमण गर्ने कार्यको महासंघले निन्दा र भत्र्सना गरेको छ । 

यस्तै नेपाल प्रेस युनियन सुदूरपश्चिम समितिले पनि घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । नेपाल प्रेस युनियन नेता सिंहमाथि गरिएको आक्रमणको छानबीन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update