Sagun Khabar
बैतडीका मन्दिरमा चोरी,सतर्कता अपनाउन आग्रह 

बैतडी–बैतडीका मन्दिरहरुमा चोरीका घटना बढ्दै गएका छन् । 

पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानमा रहेका मठमन्दिरबाट सुनचाँदी, मूर्ती, घण्टी,तामा पानस लगायतका बहुमूल्य वस्तुहरु चोरी हुन थालेका हुन् । 

Atrya hospital

गएको कार्तिक २८ गते पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी मन्दिरमा चोरी भएको थियो । उक्त मन्दिरबाट सुनको प्रतिमासहित दानपेटीभित्रको नगद रकम चोरी भन्दै इलाका प्रहरी कार्यालय पाटनमा उजुरी समेत परेको थियो । उक्त मन्दिरमा भएको चोरीका बिषयमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । 

फेरि पाटन क्षेत्रकै मन्दिरहरुमा चोरी भएको जानकारी आएको पाटन नगरपालिका उपप्रमुख कमलसिंह बोहराले बताए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्दिरहरु चोरीका घटना बढ्दै गएकाले कोही शंकास्पद व्यक्ति भेटिएमा प्रहरीमा खबर गर्न आग्रह समेत गरेका छन् । 

यस्तै पाटन नगरपालिका–६ स्थित सहस्त्रलिङ्ग, बेताल र सिद्धनाथ मन्दिरमा चोरी भएको भन्दै वडा कार्यालयले सूचना समेत जारी गरेको छ । मन्दिरमा चोरीका घटना बढेकाले मन्दिरसंग सम्बन्धित व्यक्ति र स्थानीयहरुलाई ध्यान दिन वडा कार्यालयले आग्रह गरेको हो । 

अहिलेसम्म तीनओटा मन्दिरमा चोरी भएको जानकारी आएको र अन्य मन्दिरमा समेत चोरी भएको हुन सक्ने वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए । 

मन्दिरबाट चोरिएका एक बोरा सामग्री कृष्ण माविको गेट बाहिर राखिएको अवस्था फेला परेका छन् । 

chori-1739264026.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update