Sagun Khabar
दशौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता : महिला क्रिकेटमा बैतडी फाइनलमा प्रवेश

बैतडी–दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको सुदूरपश्चिम छनौटमा बैतडी फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा कैलालीलाई ३१ रनले हराउदै बैतडी उपाधिनजिक पुगेको हो ।

जितका लागि पाएको ८५ रनको लक्ष्य पछ्याएको कैलाली १३ ओभरमा ५३ रनमा अलआउट भयो ।

Atrya hospital

जसमा हिसिला खड्काले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कैलालीको पारी ध्वस्त पार्ने क्रममा बैतडीका लागि कप्तान रितु कनौजिया,जानकी थापा,आरती बोहराले २÷२ र बसन्ती बोहराले १ विकेट हात पारिन् । 

यसअघि धनगढीस्थित कैलालीगाउँको खेलमैदानमा पहिला ब्याटिङ गरेको बैतडी १४.४ ओभरमा ८४ रनमा समेटियो ।

जसमा कप्तान रितु कनौजियाले सर्वाधिक ३७ र करिश्मा थापाले १३ रनको योगदान गरिन् । 

कैलालीका खुसी पौडेलले ३ र कप्तान स्नेहा महराले २ विकेट लिइन् । 

उपाधिका लागि अब बैतडीले कञ्चनपुरसंग प्रतिस्पर्धा गर्नेछ । प्रदेशस्तरीय छनौटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन् । 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update