
दार्चुला –दार्चुलाको नौगाड गाउँपालिकाले ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै पालिकामा सार्वजनिक विदा दिएको हो ।
गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिने निर्णय भएको पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
बिहीबार जनयुद्ध दिवसको अवसरमा अत्यावश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरु तथा शैक्षिक संघसंस्थाहरुमा सार्वजनिक बिदा रहने गाउँपालिकाले जनाएको छ ।
नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिह धामी नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १८:२६
प्रतिक्रिया दिनुहोस्