
बैतडी –बैतडीमा लागूऔषध मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएपछि फरार रहेका दशरथचन्द नगरपालिका–८ का ३४ वर्षीय कमलसिंह मार्कण्डलाई प्रहरीले पक्राउ गररेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले कमललाई बुधवार दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ ०८:५४
प्रतिक्रिया दिनुहोस्