Sagun Khabar
बैतडीमा बित्तीय सुशासन जोखिम मूल्यांकन नतिजा : शिवनाथ पहिलो, डिलाशैनी पुछारमा 

बैतडी –बैतडीका १० ओटै स्थानीय तहको बित्तीय सुशासन जोखिम मूल्यांकन नतिजा सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति बैतडीले सार्वजनिक गरेको नतिजा अनुसार ६ ओटा पालिका मध्यम जोखिममा परेका छन् । 
यस्तै बित्तीय सुशासनको हिसाबले अन्य चार ओटा पालिका न्यून जोखिममा परेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० बमोजीम स्थानीय तहहरुको बित्तीय सुशासन जोखिम मूल्यांकन गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी राजबहादुर धामीले बताए ।  

जिल्ला समन्वय समितिले सार्वजनिक गरेको  नतिजा अनुसार जिल्लाको शिवनाथ गाउँपालिका ८९.५० प्रतिशत अंक ल्याएर न्यून जोखिममा रहेको छ । यस्तै पुछारमा रहेको डिलाशैनी गाउँपालिकाले ५५ प्रतिशत अंक ल्याएर मध्यम जोखिममा रहेको छ । 

Atrya hospital

०देखि ४० प्रतिशत अंक ल्याउने पालिकालाई उच्च जोखिम, ४१–८० प्रतिशत अंक ल्याउने पालिकालाई मध्यम जोखिम र ८० भन्दा बढी प्रतिशत अंक ल्याउने पालिकालाई न्यून जोखिममा राख्ने गरिएको छ । 

नतिजा अनुसार सुर्नया गाउँपालिकाले ८६.५० प्रतिशत, दोगडाकेदार गाउँपालिकाले ८६ र पुर्चौंडी नगरपालिकाले ८१.५० प्रतिशत अंक ल्याएर न्यून जोखिममा परेका छन् । 

यस्तै मेलौली नगरपालिकाले ८० प्रतिशत, सिगास गाउँपालिकाले ७८.५० प्रतिशत, दशरथचन्द नगरपालिकाले ६७ प्रतितशत, पाटन नगरपालिकाले ६३.५० प्रतिशत र पञ्चेश्वर गाउँपालिकाले ६२ प्रतिशत अंक प्राप्त गरेको छ ।यी पालिकाहरु मध्यम जोखिममा रहेका छन् ।  

स्थानीय तहको बित्तीय प्रणालीलाई व्यवस्थित, पारदर्शी र विधिसम्मत बनाउन बित्तीय सुशासनको लेखाजोखा गर्ने गरिएको छ । 

स्थानीय तहको बित्तीय जोखिम मूल्यांक कार्यविधि २०७७ अनुसार मूल्यांकन गर्ने गरिएको छ । 

bittiya-jokim-1739452095.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update