
बैतडी–नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान अन्तर्गत बैतडीको पाटन नगरपालिका–४ को बस्ती टोलबाट अभियान शुरु गरिएको छ ।
भुमेश्वर स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रभित्रका सबै टोलहरुमा नसर्ने रोगको पहिचान कार्यक्रम सञ्चालन गर्ने र त्यसको शुरुवात बस्ती टोलबाट गरेको स्वास्थ्यचौकी प्रमुख जगदीश विकले बताए ।
बिहीबार बस्ती टोलमा सञ्चालन गरिएको नसर्ने रोगको पहिचान कार्यक्रम अन्तर्गत पहिलो दिन ६४ जनाले सेवा लिएका छन् । नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान अन्तर्गत मधुमेह, उच्च रक्तचाप, तौल,उचाइ परीक्षण गर्ने गरिएको छ ।
पहिलो दिन परीक्षण गरिएका नागरिक मध्ये तीनजनामा उच्च रक्तचापको समस्या देखिएको स्वास्थ्यचौकी प्रमुख विकले बताए ।
अभियानको एक कार्यक्रमकाबीच वडा अध्यक्ष दिपकसिंह बिष्टले उद्दघाटन गरे । नसर्ने रोगको पहिचानका लागि सञ्चालन भएको एक महिने अभियानले नसर्ने रोगको बारेमा जानकारी हुनुका साथै यी रोगको जोखिममा रहेका नागरिकहरुको उपचार सेवा पहुँच हुने उनले बताए ।