Sagun Khabar
सुर्नयाका विद्यालयको गुणस्तर परीक्षण सम्पन्न, ११ विद्यालयको स्तर सामान्य 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाका एसईई परीक्षामा भाग लिएका १२ ओटा विद्यालय मध्ये ११ ओटाको स्तर सामान्य रहेको नतिजा सार्वजनिक भएको छ । 

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको टोलीले १२ ओटै विद्यालयमा पुगेर शैक्षिक गुणस्तर परीक्षण गर्दा ११ ओटा विद्यालयको स्तर सामान्य रहेको पाइएको हो । 

विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्दा ४० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म अंक प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम भनेर वर्गीकरण गरिएको छ । 

Atrya hospital

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञ दिवाकर अवस्थी र उपप्राध्यापक तेजबहादुर कुँवरले सुर्नयाका १२ ओटा विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरेको सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

एसईईमा सहभागी भएका १२ ओटा माध्यमिक विद्यालयमध्ये वासुदेव मावि लिस्किटाले ७८.१४ प्रतिशत अंक प्राप्त गरेर मध्यमस्तर कायम गरेको छ । अन्य ११ ओटा विद्यालयको स्तर भने सामान्य रहेको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 

विज्ञ टोलीले सुर्नया गाउँपालिकामा बुझाएको प्रतिवेदन अनुसार उच्चाकोट मावि गुर्केलीले ६२.३ प्रतिशत, नेपाल राष्ट्रिय मावि ग्वानीले ५४.७३ प्रतिशत, भुवनेश्वर मावि गोयलीले ६६.३५ प्रतिशत, राष्ट्रिय मावि फाटीगडाले ५७.९ प्रतिशत र उदयदेव मावि पालीगडाले ४५.३ प्रतिशत अंक प्राप्त गरेका छन् । 

यस्तै रौलेश्वर मावि रामकी बरायलले ५६.७५ प्रतिशत, शंकर संस्कृत मावि मूलखटालीले ५६.७३ प्रतिशत, सिगास मावि मुसे रौटेले ६०.५ प्रतिशत, भुवनेश्वर मावि पत्थरकोटले ५१.४३ प्रतिशत, कैलपाल मावि झाड्बोले ६२.३७ प्रतिशत र केदार मावि कठमडाले ६१.५ प्रतिशत अंक प्राप्त गरेका छन् ।

विद्यालयहरुको गुणस्तर परीक्षणका क्रममा भौतिक अवस्था, शैक्षिक अवस्था, विद्यालयका अन्य पक्षहरुको समेत परीक्षण गरिएको बताइएको छ ।  

surnya-sixa-1739516373.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update