Sagun Khabar
प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बैतडीका कुँवर र कैलालीका सुनार नियुक्त

कैलाली –सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य थप भएका छन् । उपाध्यक्ष र दुई सदस्यको नियुक्ति भएको डेढ महिनापछि प्रदेश मन्त्रिपरिषद्ले शुक्रबार थप दुई सदस्य नियुक्त गरेको हो । 

नयाँ सदस्यमा नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र एमाले सुदूरपश्चिमको सचिवालय सदस्य कर्णबहादुर कुँवर रहेका छन् । सुनार कैलालीको धनगढीका बासिन्दा हुन् भने कुँवर बैतडीको पुर्चौडीका बासिन्दा हुन् । 

Atrya hospital

प्रदेश सरकारले यसअघि डाक्टर जीवन रानालाई उपाध्यक्ष नियुक्त गरेको थियो । कैलालीको धनगढीकी राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । सरकारले रानासँगै डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारीलाई सदस्यमा नियुक्त गरेको थियो । 

भण्डारी काँग्रेसको डडेल्धुरा जिल्ला कार्यसमितिका सचिव हुन् भने चन्द एमाले कञ्चनपुरका नेता हुन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update