Sagun Khabar
शिवनाथ –३ मा वडास्तरीय रनिङ शिल्ड : श्रीपुर मावि प्रथम 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका – ३ मा सञ्चालित वडास्तरीय रनिङ शिल्ड प्रतियोगितामा श्रीपुर मावि पुडिल बछला प्रथम भएको छ । 

राजपुर आधारभूत विद्यालय साउगडामा सञ्चालन भएको प्रतियोगितामा १० स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेर श्रीपुर मावि प्रथम भएको हो । 

Atrya hospital

यस्तै ३ स्वर्ण, २ रजत र १ कास्य पदकसहित राजपुर आधारभूत विद्यालय साउगडा दोश्रो र २ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित गर्वेश्वर आधारभूत विद्यालय पोठरेठी तेश्रो भएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए । 

वडास्तरबाटै खेलाडीहरुको क्षमता अभिृवद्धिका लागि वडास्तरीय रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको शिवनाथ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष केशवदत्त कलौनीले बताए । 
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update