Sagun Khabar
भारतमा बस र  जिप ठोक्किएर भएको दुर्घटनामा महाकुम्भ जाँदै गरेका १० जनाको मृत्यु
Atrya hospital

भारतको मेजा क्षेत्रमा बस र जिप ठोक्किएर भएको दुर्घटनामा महाकुम्भ मेलामा जाँदै गरेका १० जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा स्नान गर्न जाँदै गरेका भक्तजन दुर्घटनामा परेका हुन् ।

प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा गएराति बस र जिप ठोक्किँदा भएको दुर्घटनामा १९ जना भक्तजन घाइते भएका प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ । ज्यान गुमाउनेहरु जिपका यात्रु रहेका प्रहरीको भनाइ छ । घाइते सबै बसमा रहेका यात्रु हुन् । बसमा यात्रा गर्ने भक्तजन मध्य प्रदेशको राजगढ जिल्लाका हुन् । दुर्घटनाको मुख्य कारण तीव्र गति हुन सक्ने अनुमान छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update