Sagun Khabar
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखराका मेयर घाइते
Atrya hospital

कास्की – पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । 

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरका मेयर आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो ।

उनीहरु दुवै जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौं लगिएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update