
बैतडी –बैतडीको सुर्नया गाउँपालिकाका विभिन्न विद्यालयहरुमा कार्यरत शिक्षकहरुले नेपाल सरकारले तोके अनुसारको तलब उपलब्ध गराउन माग गरेका छन् । गाउँपालिकाबाट नियुक्त गरिएका शिक्षकहरुले सरकारी मापदण्ड अनुसारको तलब पाउनुपर्ने माग गरेका हुन् ।
सुर्नया शिक्षक एकता समिति बनाएर सोही समितिमार्फत आफूहरुले गाउँपालिकालाई सरकारले तोके अनुसारको तलब उपलब्ध गराउन माग गरेको समितिका अध्यक्ष गजेन्द्रबहादुर मडैले बताए ।
शनिबार बसेको समितिको बैठकले सरकारी मापदण्ड र श्रम ऐन अनुसारको तलब उपलब्ध गराउनका लागि पालिकालाई अनुरोध गर्ने निर्णय भएको समितिका सदस्य नारद अवस्थीले बताए ।
सुर्नया गाउँपालिका ९० जनाभन्दा बढी पालिका शिक्षकहरु कार्यरत रहेका छन् । उनीहरुलाई गाउँपालिकाले तलबभत्ता उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१ १५:०५
प्रतिक्रिया दिनुहोस्