Sagun Khabar
साथी शिक्षक बाट सेवा दिदै परिवार नियोजन संघ शाखा पाटन

गोविन्द पन्त - बैतडी : बैतडीमा परिवार नियोजन संघ शाखा पाटनले साथी शिक्षकबाट सेवा दिइरहेको छ । परिवार नियोजन संघ द्वारा प्रदान गरिने सेवाहरु परिवार नियोजन संघ शाखा पाटनले साथी शिक्षकबाट दिइरहेको हो ।साथी शिक्षक अन्तर्गत शाखा पाटनले प्रशिक्षित युवा वा समुदायका सदस्य , जो आफ्नै समुह किशोर-किशोरी, युवायुवती, वा अन्य लक्षित समुदायमा लैंगिक स्वास्थ्य, प्रजनन अधिकार, परिवार नियोजन, एचआईभी/एड्स, सुरक्षित मातृत्व, र यौन शिक्षाजस्ता विषयमा जानकारी दिने गरेको परिवार नियोजन संघ शाखा पाटनका शाखा प्रवन्धक बासुदेव बिष्टले बताए ।

परिवार नियोजन संघ नेपाल (FPAN - Family Planning Association of Nepal) नेपालकै पुरानो गैर-सरकारी संस्था हो, जसले यौन तथा प्रजनन स्वास्थ्य सेवाहरू प्रदान गर्छ। यसको मुख्य उद्देश्य सुरक्षित गर्भनिरोध, यौन स्वास्थ्य शिक्षा, मातृ-शिशु स्वास्थ्य, र युवा लक्षित कार्यक्रम सञ्चालन गर्नु रहेको परिवार नियोजन संघ शाखा पाटनका शाखा प्रवन्धक बिष्टले बताएका छन ।

Atrya hospital

परिवार नियोजन संघले समुदायमा स्वास्थ्य तथा परिवार नियोजनसम्बन्धी सचेतना बढाउन साथी शिक्षक कार्यक्रम सञ्चालन गरेको बताइएको छ। यसअन्तर्गत: लैंगिक स्वास्थ्य तथा यौन शिक्षाको जानकारी दिनु – किशोर-किशोरीहरूलाई उनीहरूकै भाषा र सहज शैलीमा आवश्यक जानकारी प्रदान गर्नु रहेको शाखा प्रवन्धक बिष्टले बताए ।

शाखा प्रबन्ध बिष्टका अनुसार गर्भनिरोधका उपायहरूको जानकारी – सुरक्षित परिवार नियोजनका तरिका, गर्भनिरोधका साधनहरू जस्तै कण्डम, गर्भनिरोधक चक्की, वा अन्य उपायहरूको सही प्रयोगबारे साथी शिक्षकहरुले आवश्यकता अनुसार सिकाउने गरेको बताइएको छ । एचआईभी/एड्स तथा यौन रोगबारे जानकारी दिइ कसरी सुरक्षित रहने, संक्रमणबाट कसरी जोगिने भन्ने जानकारी दिने गरेको शाखा प्रबन्ध बिष्टले बताए । किशोर-किशोरीको स्वास्थ्य परामर्श – सुरक्षित यौन व्यवहार, मानसिक स्वास्थ्य, र शारीरिक परिवर्तनका विषयमा परामर्श दिनु साथी शिक्षको मुख्य उदेश्य रहेको उहाँले बताउनुभएको छ ।

परिवार नियोजन संघ शाखा पाटनले समुदायलाई जागरूक बनाउने कार्यक्रमहरू सञ्चालन गर्दै सडक नाटक, पोस्टर, समूह छलफल, वा सामाजिक सञ्जालमार्फत जानकारी दिइ यौन शिक्षाको बारेमा समुदायमा खुला संवादको संस्कार विकास गरि लैंगिक समानता प्रवर्द्धन गर्ने गरेको परिवार नियोजन शाखा पाटनले जनाएको छ । युवा तथा किशोर-किशोरीहरूमा सही यौन शिक्षा पुगाइ अनिच्छित गर्भधारणको दर घटाउने, एचआईभी/एड्स तथा अन्य यौनजन्य रोगहरूबाट सुरक्षित रहने उपायबारे सचेतना बढाउने गरेको शाखा प्रवन्धक बिष्टले बताए ।

साथी शिक्षक कार्यक्रम मार्फत परिवार नियोजन संघले समुदायमा सही यौन तथा प्रजनन स्वास्थ्यको जानकारी पुर्‍याउने काम गर्ने गरेको छ । साथी शिक्षकहरू आफ्नै उमेर समूहका व्यक्तिहरूसँग सहज रूपमा संवाद गर्न सक्ने भएकाले उनीहरूले दिएको सन्देश प्रभावकारी हुन्छ। यस्तो अभियानले दीर्घकालीन रूपमा स्वस्थ समाज निर्माणमा योगदान गर्ने शाखा प्रवन्धक बिष्टले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update